• असोज ३०, सिन्धुली/सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको मरिण गाउँपालिका –७ ठाटीमा मोटरसाइकल दुर्घटना हुँदा सोहि स्थानका दल बहादुर स्याङतानको छोरा बर्ष १८ को सन्दिप स्याङ्तानको मृत्यु भएको हो ।
    मंगलबार दिउँसो ३ बजेको समयमा ठाटीबाट छाप तर्फ जाने क्रममा बा ८६ प ६०३१ नम्बरको आफैले चलाएको मोटरसाइकल घुम्तिमा अनियन्त्रित भई कल्भटको नालीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा परी घाइते भएका स्याङतानको कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचारको क्रममा केहि समयमै मृत्यु भएको जनाइएको छ । हेलमेट विनानै मोटरसाइकल चलाएको हुँदा मृतकको टाउँकोमा गम्भिर चोट लागेको थियो ।