• असोज २७, सिन्धुली/असोज ११ र १२ मा आएको बाढीबाट प्रभावित सिन्धुलीका तीन ओटा पालिकालाई बैदेशिक रोजगार व्यावसायीद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ।

    सिन्धुलीका वैदेशिक रोजगार व्यवसायमा आबद्ध युवाहरूले बाढी प्रभावितहरुलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाको लागि सुनकोशी गाउँपालिकालाई ६० हजार, गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकालाई ३०/३० हजार आर्थिक सहयोग गरेको हो।

    सहयोग रकम नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल (राजन) ले आज (आईतवार) सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा वोहोरा, गोलञ्जोर गाउँपालिकाको उपाध्यक्ष ज्वालाप्रसाद न्योपाने(पुकार) र फिक्कल गाउँपालिकाको उपाध्यक्ष राजु बराललाई हस्तान्तरण गर्नु भएको हो । सहयोग संकलनको समन्वय तथा पहल नेकपा (माओबादी केन्द्र) बिशेष प्रदेश अन्तर्गत उद्यमी-व्यवसायी महाशाखाका उपाध्यक्ष तथा बैदेशिक रोजगार व्यवसायी गणतान्तिक मंचका महासचिब कुन्छा दोर्जे डिम्दोङ्गले गर्नु भएको थियो ।

    आकृति रिक्रुटिङ्ग प्रा.लि.का संचालक कुन्छा दोर्जे डिम्दोङ्ग, डेस्टिनी एच. आर. ग्रुप का संचालक ठाकुर भट्टराई, प्राईम एच. आर. इन्टरनेशनल प्रा. लि. का संचालक मिलन पोखरेल, बेस्टवेय एच.आर. एजेन्सी प्रा. लि. का संचालक बज्र स्यांङ्तान, रेड सन् एम्पोयमेन्ट सर्भिस प्रा. लि. का संचालक मिन सुनुवार, पर्फेक्ट डेष्टीनेसन प्रा लि का संचालक मोहन बहादुर स्याङ्बा, गोल्डेन क्राउन ओभरसेज प्रा लि का संचालक लाल बहादुर रत्न (गोकुल), सागर रिक्रुमेन्ट प्रा लि का मेनेजर पदम बहादुर पुलामि, मेरिडियन ओभर्सेज प्रा लि का संचालक बाल कुमार श्रेष्ठ, स्पिड विंइस हुमन रिसोर्स प्रा लि का संचालक सरोज फुयाल, मुभीरा रिक्रुटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा. लि.का सन्चलक बिज बहादुर भ्लोन (बिजय), देस्टीनि हुमन रिसोर्स प्रा लि का संचालक युबराज देबकोटा, सुहाशा लिंक प्रा लि का संचालक खड्ग बिर रावत, एस पी एम ओभर्स्सि प्रा लि का संचालक सोनाम पुलामी, भैरब इन्टरसेशनल प्रा लि का संचालिका सुमिना लोप्चन, रिजा ओभरसेज इम्पोमेन्ट प्रा लि का संचालिका रेखा शर्मा लगायतले आर्थिक सहयोग गर्नु भएको छ।