नेतृत्वमा पुगेका महिला जवाफदेही बन्नुपर्छ : सांसद भुजेल

भदौ १२, सिन्धुली/बागमती प्रदेश सांसद शुष्पा भुजेलले नेतृत्वमा पुगेका महिला जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । आफू नेतृत्वमा बस्ने, जवाफदेही नबन्ने र प्रश्नमात्र गरिरहने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा उहाँको जोड छ ।

जिल्ला समन्वय समिति सिन्धुलीले आज आयोजना गरेको ’नेतृत्वमा महिला : समस्या, चुनौती र समाधान’ विषयक अन्तर्क्रिरया कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सांसद भुजेलले यस्तो धारणा राख्नुभएको हो । उहाँले कार्यक्रममा सहभागी महिला नेतृहरुलाई नेतृत्वमा पुगेपछि तपाईं आफैं कतिको जवाफदेही बन्नुभएको छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

विभिन्न संस्था र निकायको नेतृत्व गरिरहेका महिलाले अब सधैँ सरकारलाई प्रश्न तेर्स्याइरहने हैन, जवाफदेही बन्नुपर्ने बताउनुभयो । “परिचय गर्दा म पालिका सदस्य, म वडा सदस्य, म पार्टीको सदस्य भनेर गर्छौं । तर आफू पदमा बसेर प्रश्न मात्रै सोध्ने हैन । त्यसको जवाफ पनि दिन सक्नुपर्छ,” सांसद भुजेलले भन्नुभयो ।

“लिडरले सधैं समस्या, गुनासो मात्रै राख्ने हैन । निराश बन्ने हैन । आशावादी बन्नुपर्छ । रोस्ट्रममा गुनासोका चाङ मात्रै थुपार्ने लिडर बन्न सक्दैन,” उहाँले थप्नुभयो ।

दलको नेतृत्वले रोस्ट्रममा आएर समस्याहरुको दस्तावेजीकरण गरेर महिलाको समस्याको समाधान हुन नसक्ने सांसद भुजेलको भनाइ थियो । नेतृत्वले जसले पहिलो कुरा आफूमा दृढ विश्वास र संकल्प गर्छ उसले मात्रै प्रगति गर्न सक्ने भनाइ उहाँले राख्नुभयो ।

सांसद भुजेलले सार्वजनिक पदधारण गरेको व्यक्ति कहिल्यै पनि दलविशेष हुन नसक्ने बताउनुभयो । त्यस्ता व्यक्ति सामाजिक दायित्व बोक्नुपर्ने, समाज र जनताप्रति उत्तरदायी हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

समन्वय समितिका अध्यक्ष कार्साङ लामाले विद्यालयको पाठ्यक्रममा नै महिला र पुरुषबीच विभेद गरिएको उल्लेख गर्नुहुँदै त्यस्ता पाठ्यक्रम सुधार्न आवश्यक रहेको बताउनुभयो । समितिकी उपप्रमुख शान्ता कार्कीले जिल्लाका महिलाको समस्यालाई प्रदेशको सदनसम्म पु¥याएर बहस गर्न जिल्ला समन्वयले पुलको काम गरिरहेको जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले कमलामाईले हालसम्म नगरको बजेट लैंगिकमैत्री नै विनियोजन गर्दै आएको दाबी गर्नुभयो । उहाँले महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि नगरविशेष कार्यक्रम ल्याइएको बताउनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *