सिन्धुलीमा छुट्टा छुट्टै दुर्घटनामा परी १३ जना घाइते
असार २८, सिन्धुली/सिन्धुलीमा शुक्रबार छुट्टा छुट्टै दुर्घटनामा परी १३ जना घाइते भएका छन् । वीपी राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना हुँदा माइक्रोमा सवार १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार माइक्रो सडकबाट करिब ३० मिटर तल खसेको थियो । नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको टोलीले घाइतेहरुको उद्धार गरेर उपचारका लागि खुर्कोट पठाइएको छ भने खुर्कोटस्थित शुभ जीवन अस्पालमा घाइतेहरुको उपचार भइरहेको छ ।
यसैबिच आज विहानै मदन मण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दधौली नगरपालिका –४ लक्ष्मीपुरमा टाटा सफारी र अटो एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक उदयपुरका वकिल बहादुर यादव(४५) र सोहि अटोमा सवार उदयपुरै नरीमाया आले (५०) घाइते भएको प्रहरीले जनाएको छ ।
भिमानबाट दुधौली तर्फ जाँदै गरेको १७ च ३६ ०२ नम्बरको टाटा सफारी र विपरित दिसाबाट आउँदै गरेको २ ह २९३६ नम्बरको अटो एक आपसमा ठक्कर खादा अटोमा सवार २ जनानै घाइते भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
अटो चालकको दायाँ कोखा र टाउँकोमा चोट लागेको छ भने अर्का घाइतेको दाँया खुट्टा भाँचिएको,मुख ,टाउँको र छातिमा चोट लागेको छ । घाइतेको उपचारको लागि धुलिखेल पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो ।