कमला नदीको बहाब सतर्कता तह पार
असार १७, सिन्धुली/सिन्धुली स्थित कमला नदीको बहाब सतर्कता तह पार भएको छ । आज साँझ ६ बजेर ४५ मिनेट जाँदा जल तथा मौसम विज्ञान विभागले कमला नदीको बहाबले सतर्कता तह पार गरेको जनाएको हो ।
कमलामाई नगरपालिका १४ रानिबासमा राखिएको जलमापन केन्द्रमा हाल जलसतह ३ दशमलव ५६ मि. रहेकोले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उच्च जोखिम रहेकोले तल्लो नदी तटीय क्षेत्र दुधौली, मैनी, बेल्सोत र अन्य डुबान भइरहने होचा भू–भागहरूमा रहेका स्थानियले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया