मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
जेठ ६, सिन्धुली/मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघले आपत्ति जनाएको छ । आज पत्रकार सम्मेलन गरेर उद्योग बाणिज्य संघ सिन्धुलीले मध्येरातमा जिल्ला प्रशासन कार्यालय सहित संयुक्त बजार अनुगमनले व्यापारीहरु हतोत्साहित भएको भन्दै आपत्ति जनाएको हो ।
बजारमा चरम मन्दि छाएको बेला सम्पुर्ण व्यापारीहरुलाई हतोत्साहित हुने गरी व्यवसायीले चावी साँचो बुझाउँदा समेत रातको १० बजे सम्म गरिएको अनुगनमनले व्यवसायीहरु आतंकित भएको उद्योग बाणिज्य संघ सिन्धुलीलीका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनु भयो ।
केहि दिन अघि जिल्लाको संयुक्त बजार अनुगमन समितिले जिल्लाका खुद्रा व्यापारीहरु कमला सप्लायर्स,सुजित किराना पसल लगायतका ठुला गोदामहरुमा अनुमगन गरेको थियो । सो क्रममा म्याद गुग्रिएका १ हजार ७ सय भन्दा बढि पेय पदार्थ जफत गरी नष्ट गरिएनुका साथै २ लाख ५० हजार जरिवाना गरिएकोमा सो व्यापारीलाई १ लाख सम्म मात्रै जरिवाना गरिनुपर्ने माग गरिएको छ ।
“व्यापारी र उपाभोक्ताहरुको हितलाई ध्यानमा राखेर बजारमा जनचेतना अभिबृद्धि गर्न ब्रोसर, पम्प्लेट, व्यवासयिक आचार संहिताको माध्यमबाट घरदैलो कार्यक्रम मार्फत सचेत गराउँदै आएका छौँ । उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापरीलाई कारबाही हुनुपर्छ । हामि सहमत छौँ , तर व्यापारीले चावी, साँचो बुझाउँदा पनि विश्वास नगरी मध्येरातमा छापा मार्ने । जरिवाना बढी लिएकोमा आपत्ति छ ।’ श्रेष्ठले उहाँले भन्नुभयो ।
अनुगमनमा भएको यथार्थ विवरण संचार माध्यमलाई उपलब्ध गराउन समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ । रिप्याकेजिङ गरिएको सामान अखाद्य र म्याद नाघेको भनिएकोमा त्यसो नभएको दावि गरेको छ । सिन्धुली उद्योग बाणिज्य संघले बजार अनुगमन व्यापारीलाई हतोत्साहित नगरिकन सौहार्दपूर्ण रुपमा गरिनु पर्ने बताइएको छ । त्यस्तै व्यापारीहरुलाई आचार संहिता पालना गरेर स्वत स्फुर्त रुपमा व्यवासय संचालन गर्न आग्रह गरिएको छ ।