सिन्धुलीमा अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइयो,कलाघर सिन्धुलीका अध्यक्ष मगर सम्मानित

साउन २४,सिन्धुली/सिन्धुलीमा २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा कलाघर सिन्धुलीका अध्यक्ष सुमन मगर (नेपाली बाबु) लाई सम्मान गरिएको छ । जनजातिहरुको भेषभुषा,सस्कृती र पहिचानको विभिन्न कला मार्फत संरक्षण गरिरहेकाले कला घर सिन्धुलीका अध्यक्ष मगरलाई नगद सहित सम्मान गरिएको हो ।
आदिबासी जनजाति महासंघ कमलामाई नगर समन्वय परिषद सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा नेपाल आदिबासी जनजाति महासंघ कमलामाई नगर समन्वय परिषद सिन्धुलीले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
पछिल्लो समय बिभिन्न राजनितीक पार्टीमा आबद्ध भएको कारण जनजातीका जातीय मुद्धाहरु ओझेलमा परेको जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय प्रमुख कार्साङ लामाले बताउनु भयो ।


यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेशका अध्यक्ष काजीमान थिङ तामाङले अधिवक्ता भगवती पाण्डेले दिएको विवादास्पद अभिव्यक्ति लाई भत्र्सना गर्नुहुँदै एउटा व्यक्तिले समुदायलाई प्रहार गर्नु महाअपराध हुने बताउनु भयो । नेपाल तामाङ घेदुङ र मगर संघले संयमता नअपनाएको भए द्धन्द भड्कने समेत उहाँले बताउनु भयो ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो ।
संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । आदिवासी जनजाति ऐन २०७४ अनुसार आदिवासी जनजाति भन्नाले आदिवासी जनजाति आयोगको सिफारिसमा नेपाल सरकारले तोकेको जाति वा समुदायलाई बुझाउँछ ।
कार्यक्रममा कमलामाई नगरपालिका भित्रका १० वटा जातिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *