जनतालाई विपद् पर्दा संघिय सांसद सहित जनश्रमदानमा जुट्यो मरिण गाउँपालिका,डेढ सय थान जाली भरियो
साउन ६,सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले जनतालाई विपद् पर्दा जनश्रमदान अभियान सुरु गरेको छ । सम्मुनत पालिका निर्काणको लागि मरिण गाउँपालिकाले जनतालाई विपद् पर्दा जनश्रमदान अभियान सुरु गरेको हो ।
मरिण गाउँपालिकाले सुरु गरेको अभियान जिल्लामा नितान्त नयाँ कार्य हो । सिन्धुलीका प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) आज (शनिबार सार्बजनिक बिदा)को दिन मरिण गाउँपालिकाको आयोजनामा सुरु गरिएको जनश्रमदान अभियानमा जाली भर्न पुग्नु भएको छ ।
गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान,उपाध्यक्ष बिमला माझि,वडा अध्यक्ष,वडा सदस्य तथा कर्मचारी र स्थानीय सहित प्रतिनिधिसभा सदस्य दाहाल वडा नम्बर ७ स्थित बाह्रबिसे खोलामा कृषकलाई सिँचाईको लागि जाली भर्न पुग्नुएको हो ।
बाह्रबिसे खोलाले कुलो भत्काएपछि ३ सय बिघाहा जमिनमा सिँचाई गर्न किसानलाई समस्या भएको भन्ने गुनासो आएपछि श्रमदानमा जुटेको प्रतिनिधिसभा सदस्य दाहालको भनाई छ ।
तत्काल सरकारको तर्फबाट बजेट बिनियोज भएर आउँदा सम्म समय निकै जाने तर यता धान खेतमै सुकेर जाने स्थिती देखिएकाले जनश्रमदान बाट किसानको समस्या समाधान तर्फ लागिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो “आज ११ बजे देखि जाली भदैँ छौँ । बेलुका ५ बजे सम्म डेढ सय थान जाली भरिने छ । जोस,जाँगरको साथ जनप्रतिनिधि,कर्मचारी,नेता कार्यकर्ता,विद्यार्थीि,महिलाहरुको उल्लासमय सहभागिताले झन धेरै उर्जा थपेको छ ।”
साथै दाहालले सिन्धुलीका नौ वटै पालिकामा महिनाको १ दिन जनश्रमदान गरेर खरिद गर्ने बाहेकका स्थानिय सकरकाबाट बिनियोजित बजेटलाई केन्द्रमा राखेर जनताले स्वामित्व लिने गरी बिकास निर्माणमा जोड्ने उदेश्यको पहिलो पाइला मरिण गाउँपालिकाले सुरु गरेको भन्दै आभार ब्यक्त गर्नुभएको छ ।
जनताले जिताएर पठाएको सांसद हुँ भन्दै दाहालले जनतालाई समस्या पर्दा कानमा तेल भरेर बस्न नैतिकताले नदिने तर्क ब्यक्त गर्नुभयो । म आफु मालिक भएर जनतालाई शासन चलाउनु राननितिक धर्म नभएको भन्दै दाहालले आफु स्वयमनै श्रमदानमा जुटेको बताउनु भयो ।
यस्तै मरिण गाउँपाकिलाकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात) ले मरिण गाउँपालिकाले विपदमा परेकाहरुलाई श्रमदानबाट सहयोग गर्ने उदेश्यले महिनाको १ दिन श्रमदान गरिने अभियानको सुरुवात गरिएको बताउनु भयो ।
जनप्रतिनिधि,कर्मचारी कुर्सिमा बसेर दिन कटाउँछन् भन्ने भ्रमलाई चिरेर मरिणका जनता विपद्मा परेपछि स्थानिय सरकारलाई सम्झने वातावरण सिर्जना हुने समेत मोक्तानको भनाई छ ।
बाह्रबिसे क्षेत्रमा २०५० सालबाट किसानले सिँचाई गदैँ आएको कुलो बाह्रबिसे खोलाले बगाएको थियो । खेतमा पानी लगाउन नपाएकोले रोपेको धान मर्न लागेको भन्ने किसानको गुनासोको सम्बोधन गरेर श्रमदान मार्फत कुलो सन्चालनको लागि तथा खोला नियन्त्रणको लागि डेढ सय थान जाली भर्न लागिएको अध्यक्ष मोक्तानको भनाई छ ।
कुलो निर्माण नहुँदा हजारौँ मुरी उत्पादन हुने धान नष्ट हुने देखिएपछि श्रमदानमा जुटिएको उपाध्यक्ष बिमला माझिको भनाई छ ।
मरिण गाउँपालिकाले सुरु गरेको श्रमदान अभियान हेर्दा गरे के हुदैन भन्ने अनुभूती भएको स्थानिय असोक लामाले बताउनु भयो । करिब ३ सय जनाको सहभागिताले झन् धेरै उर्जा थपिएको स्थानियको भनाई छ ।