कमलामाई नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा ओसार प्रसार गर्न रोक्यो
जेठ ३२, सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीले नदीजन्य पदार्थ उत्खनन् तथा ओसार प्रसारमा रोक लगाएको छ ।
कमलामाई नगरपालिका क्षेत्रभित्रका नदीनाला, खोलाबाट ढुङ्गा, गिट्टि तथा बालुवा उत्खनन्, बिक्रि, तथा ओसार प्रसारमा रोक रोक लगाइएको नगरपालिकाले सूचना मार्फत जानकारी गराएको छ । कमलामाई नगरपालिकाको स्वीकृती अनुसार नदीजन्य पदार्थ ढुङ्गा, गिट्टि तथा बालुवा उत्खनन्, बिक्रि तथा ओसारप्रसार भइरहेकोमा बर्षातको समयमा बाढि,पहिरो तथा भुक्षयको कारण आउने जोखिमको मध्यनगर गर्दै बन्द गरिएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेपाल सरकारले जारी गरेको “नदीजन्य पदार्थ ढुङ्गा, गिट्टि तथा बालुवा उत्खनन्, बिक्रि तथा ब्यबस्थापन सम्बन्धी मापदण्ड २०७७” को पहिलो संसोधन मापदण्ड २०७९ अनुसार दफा ४ को उपदफा १६ मा भएको ब्यवस्था बमोजिम असार १ गते देखि भदौ मसान्तसम्म रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
सूचनालाई बेवास्ता गरेर नरपालिकाको स्वीकृती बेगर नदीनज्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने जनाइएको छ ।