सिन्धुलीमा वातावरण दिवसको अवसरमा साइकल र्‍याली र सरसफाइ

.
जेठ २०, सिन्धुली/सिन्धुलीमा वातावरण दिवसको अवसरमा साइकल र्‍याली र सरसफाइ गरिएको छ । विश्व वातावरण दिवस २०२३ को अवसरमा सिन्धुलीमाढी देखि मदन भण्डारी राजमार्ग अन्तर्गत मिलनचोक, साङ्वालेसम्म साइकल र्‍याली र खट्टार देखि मिलनचोक सम्म सरसफाई गरिएको हो ।
साइकल र्‍यालीमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेल, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवाल सहित २ सय जना सहभागी रहेका थिए ।
‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने मुल नारा सहित सिन्धुुली ३ दिन बिभिन्न कार्यक्रमको आयोजना गरिएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “वातावरण दिवसको अवसरमा ३ दिन सम्म बिभिन्न कार्यक्रमको आयोजना गरिएकोमा आज पहिलो दिन साइकल र्‍याली र सरसफाइ गरिएको हो । वातावरण स्वच्छ राख्नको लागि ब्यक्तीले घर बाटनै सुरु गर्नुपर्छ ।घर तथा करेसाबारी बाट निस्कीएका फोहोरको उचित ब्यवस्थापन हुनुपर्छ । हेर्दा सानो देखिने पराग गुट्का लगायतका सामाग्री बाट वातावरण दुर्गन्धीत भएकाले आर्थिक बर्ष पश्चात त्यस्ता सामाग्री जफत गरि नष्ट गरिने योजना छ ।”
मानीसकै कारण दिनप्रतिदिन वातावरण प्रदुषित बन्दै गइरहेको छ । र्‍याली साइकल तथा सरसफाई कार्यक्रमले स्थानिय बासिन्दामा वातावरणिय सचेतना प्रदान गर्नुका साथै जिल्लामा साइकलको प्रयोगलाई बढावा दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख पोख्रेलले बिश्वास ब्यक्त गर्नुभयो ।
मानव जगतका कारण पृथ्वी आफै प्लाष्टिकमा पग्लीरहेको यो समयमा यस्ता सचेतना मुलक कार्यक्रमको आवश्यक रहेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले तर्क ब्यक्त गर्नुभयो । प्लाष्टिकको प्रयोग एकैपटकमा कम नहुने भएकाले त्यसलाई कम गर्दै लैजानुपर्ने साथै अन्य बिकल्पहरु प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।
वातावरण दिवसको अवसरमा कमलामाई नगरपालिका सिन्धुली, डिभिजन वन कार्यालय सिन्धुली, समृद्धिको लागि पहिलो पाइला, सिन्धुली जिल्ला साइक्लिङ्ग संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, लालिगुराँस उपभोक्ता सहकारी संस्था, शिद्धबाबा टेलिभिजन र रेडियो शिद्धबाबा सिन्धुलीको समन्वय तथा आयोजनामा ३ दिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
दोस्रो दिन भोली (आइतबार) सरोकारवालाहरु बिच अन्तरक्रिया, माध्यामिक विद्यालय स्तरिय बतृत्वकला प्रतियोगिता र अन्तिम दिन (सोमबार) बृक्षारोपण हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *