महिला आत्मरक्षा सम्बन्धि तालिम सिन्धुलीमाढीमा सुरु
जेठ ४,सिन्धुली/ महिला आत्मरक्षा सम्बन्धि २ दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । जिल्ला युवा समिती सिन्धुली बागमती प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदको आयोजनामा आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको महिला आत्मरक्षा तालिम सुरु भएको हो ।
जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम कार्किको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका समन्वय प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यता तालिमको उद्घाटन गरिएको छ ।
भोलि सम्म चल्ने महिला आत्मरक्षा प्रशिक्षणमा जिल्लाका बिभिन्न बिद्यालयका छात्रा,क्याम्पस लगायतका क्षेत्रका ४५ जना महिलाहरको सहभागिता रहेको छ ।
पछिल्लो समय महिला हिंसाका घटना बढ्न थालेपछि राष्ट्रिय युवा समिती सिन्धुलीले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण अभियान सुरु गरिएको अध्यक्ष हेम कार्किले बताउनु भयो ।
जिल्लामा पनि महिला हिंसाका घटना बढ्दो अबस्थामा छन् । घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउनको लागि सो तालिमले सहयोग पुग्ने अध्यक्ष कार्किको भनाई छ ।
तालिममा अन्र्तराष्ट्रिय खेलाडि गोपीलाल बम्जन,लिला उर्बर्सी र रमिता उपाध्यायले प्रशिक्षण दिनुहुने छ । उद्घाटन कार्याक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमीरे,बरुणदेबि मावि खट्टारका प्रधानाध्यापक सन्तोष श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।