सिन्धुलीमा राष्ट्रिय गौरबका आयोजना निर्माणको लागि सांसद दहालको माग
बैशाख २५, काठ्माण्डौं/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहलले सिन्धुलीमा राष्ट्रिय गौरबका आयोजना निर्माणको लागि सरकार समक्ष माग गर्नु भएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद दाहालले राष्ट्रिय गौरबका आयोजना सिन्धुलीमा निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो ।
कोखाजोर खोला जलविद्युत आयोजना निर्माण, हरिहरपुरगढीमा युरिया मल कारखाना स्थपना, खुर्कोट–चियावारी सुरुङ मार्ग जस्ता राष्ट्रिय गौरबका आयोजना निर्माण गरि पूँजी निर्माण गरिनुपर्ने वताउनुभाये हो । सांसद दाहालले सिन्धुलीबाट बार्षिक १०÷१० लाख क्युफिट साल र सल्लो जातका काठ उत्पादन हुने भएकोले उत्पादन र निर्यात व्यवस्थापनका लागि सरकारसँग माग गर्नु भयो ।
सांसद दाहालले “हामीले पुँजी निर्माण गर्ने, उत्पादन र रोजगार केन्द्रीत गर्ने आयोजनाहरुको छनौट गर्नुपर्ने हुन्छ । सिन्धुली जिल्ला जहाँ अहिले सुनकोशी मरिण–डाइभर्सन जसले ३१ मेघावाट विद्युत उत्पादन गर्छ, र १ लाख २२ हजार हेक्टर तराईका जमिनहरुमा सिँचाइ गर्छ । त्यो आयोजना सम्पन्न हुन बित्तिकै त्यसले पुँजी निर्माण गर्छ । त्यसैगरी अर्को आयोजना छ जसको डिपिआर गरिसकिएको छ, कोखाजोर जलविद्युत अयोजना, जसले ११६ मेघावाट विद्युत उत्पादन गर्छ, ११६ मेघावाट विद्युत मात्र उत्पादन गर्दैन त्यही युरिया मल कारखाना स्थापना गर्नको निम्ति लगानी बोर्डमा लगानी अनुमति मागिएको छ, त्यसैगरी ३८६ बिगाहा जमिन भोगाधिकारका निम्ति हामीले मन्त्रिपरिषद्मा पठाइएको छ । त्यसो गर्दा वार्षिक २ लाख मेट्रिक टन उत्पादन गर्न सक्ने युरिया मल कारखाना पनि त्यहीँ स्थापना गर्न सकिन्छ । र त्यो ११६ मेघावाट विद्युत हामीले त्यहीँ खपत गर्न सक्छौँ । यसले पुँजी निर्माण गर्न सक्छ । यसले उत्पादन र रोजगारसँग केन्द्रीत हुन्छ” भन्नुयभो ।
बैठकमा बोल्नुहुँदै सांसद दाहालले “काठ साल र सल्लो हामीले विदेशबाट आयात गर्छौ । सिन्धुलीले मात्र वार्षिक १० लाख साल र १० लाख क्युफिट सल्लो निकासी गर्न सक्छौँ । आयातलाई रोकिदिन सक्छौँ । मैले भन्नैपर्छ, कमसेकम जे उत्पादन गर्न सकिन्छ त्यो आयात हामीले प्रतिवन्ध लगाउनुपर्छ । उत्पादन गर्न सकिने वस्तु हामीले उत्पादन गर्ने र निर्यात बढाउनुपर्छ । सिन्धुलीको महाभारत रेञ्जका सबै चुनढुंगा खानी छन् । हामीले सिमेन्ट कारखानाहरु उत्पादन गर्न सक्छौँ । निर्यात गर्न सक्छौँ । त्यसले पुँजी निर्माण हुनसक्छ ।” भन्नु भयो ।
सांसद दाहालल “खुर्कोट–चियाबारी सुरुङमार्ग भनेका छौँ जसले अरबौँको पुँजी बचत गर्छ । र त्यसले मानवीय क्षति पनि कम हुन्छ । समय पनि बचत हुन्छ । हिजो जे ग¥यौँ त्यो गरेर पुग्दैन । हिजो पहुँचमा आधारित बजेट निर्माण गर्ने गरेका छौँ । हामी प्रणालीमा विश्वास गर्न छोडेका छौँ । जो बलियो छ त्यसले बजेट लैजान्छ । जो बलियो छ त्यसले लाद्छ जनतामाथि विकास बजेट लाद्छ । आवश्यकता र उपयोगिताको आधारमा हामीले बजेट निर्माण गरेका छैनौँ । अब हामीले आवश्यकता र उपयोगिताको जगमा उभिएर बजेट निर्माण गर्नुपर्ने छ । सिन्धुलीमै मरिण, कमला, चदाहा, तावा खोला, सुनकोशी, ककुर लगायतका नदी नियन्त्रण गर्दा बिसौँ हजार बिगाहा जमिन उकास हुन्छ । त्यो बिसौँ बिगाहा जमिनमा हामीले धान, मकै गहुँ लगाउँ त । उब्जनीयोग्य जमिन, सिँचाइयुक्त जमिन छ । यही ९ महिनाभित्र १६ अर्ब २४ करोडको धान आयात भएछ । त्यति धान उत्पादन गर्ने तागत सिन्धुलीले मात्रै राख्छ । अरु जिल्लामा पनि होलान् । यसरी सम्भावनाका सबै अवसरहरु खोजौँ” भन्नुभयो ।