बढिमहनमा अध्यक्ष मोक्तानद्धारा कागती खेती प्रबद्र्धन सम्बन्धि तालिमको उद्घाटन
बैशाख १३,सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ५ मा कागती खेती प्रबद्र्धन सम्बन्धि २ दिने तालिमको आज उद्घाटन गरिएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा बहुदेश्यीय सहकारी सँस्थाको आयोजनामा सुरु भएको तालिमको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले उद्घाटन गर्नुभएको हो ।
५ नम्बर वडाका कागती खेती गर्नको लागि इच्छुक कृषक र बहुदेश्यीय सहरकारीका सदस्य गरी ९० जना कृषकलाई कागती खेतीमा प्रबद्र्धन गर्न उदेश्य सहित तालिमको आयोजना गरिएको मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनु भएको छ ।
कृषिलाई उत्पादनसँग जोडेर आर्थिक स्तर उकास्ने उदेश्यले मरिण गाउँपालिकाले आधुनिकरण कृषि गर्नको लागि ४ करोड ५ लाख बरारबरको बजेट बिनियोजन गरिएको बताउनुहुँदै मोक्तानले ५ नम्बर वडामा कागती खेतीको लागि खेतियोग्य माटो छ ,छैन परीक्षण गर्न आग्रह गर्नुभएको छ ।
पुरानै किसीमको खेती गर्नाले खासै उपलब्ध नभएकाले आधुनिकरण खेतिमा कृषकलाई आकर्षित गर्नको लागि वडाले कागती खेतीको लागि मात्रै १२ लाख बजेट बिनियोजन गरेको ५ नम्बर वडाका अध्यक्ष दिपक माझिले बताउनु भयो । जसबाट कृषकलाई कागतीको बिरुवा लगायत आबश्यक सामाग्री निःशुल्क बितरण गरिने अध्यक्ष माझिको भनाई छ ।
कागतीको सिन्धुली लगायत अन्य ठाउँमा माग रहेको छ । कागती खेतीको तालिममा कृषि ज्ञान केन्द्र सिन्धुलीका बाशुदेब जोसि र मरिण गाउँपालिकाका कृषि प्राबिधिक सबिता थापाले सहजीकरण गरिरहनु भएको छ ।