• फागुन ६, सिन्धुली/सुनकोशी गाउँपालिकाको आ.व. ०७९/०८० को बजेट खर्च हाल सम्म ३३.२९ प्रतिशत भएको छ । आ.व. ०७९/०८० को माघ मसान्त सम्ममा ३३.२९ प्रतिशत मात्र खर्च भएको हो ।
    शुक्रवार पालिकाका अध्यक्ष दिपा वहोरा दाहालको अध्यक्षतामा भएको दोस्रो गाउँसभा तथा दास्रो हिउँदे अधिवेशनमा उपाध्यक्ष कपिल कुमार कोईरालाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार अ.व. ०७९/०८० को विनियोजित बजेट मध्य ३३.२९ प्रतिशत खर्च भएको छ ।
    गाउँपालिकाले चालु आ.व.को चालु खर्च ४३.१८ र पुजिगत खर्च १३.५७ भएको प्रतिवेदनमा उल्लेख छ । उपाध्यक्ष कोइरालाद्वारा प्रस्तुत प्रगती प्रतिवेदन अनुसार आर्थिक विकासमा २९.८९%, सामाजिक विकासमा ४०.६%, पूर्वधार विकासमा ११.१४%, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १६.४५ र कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ४३.१४ प्रतिशत खर्च भएको छ ।
    प्रगमि समिक्षा
    १. सुनकोशी गाँउपालिकाले आफ्नै नयाँ भवनबाट पूर्ण रुपमा व्यवस्थित र डिजिटल सेवा प्रवाह सुचारु गरेको छ ।
    २. कार्यालयहरु महिला तथा बालबामलकामैत्री जेष्ठ नागररक तथा अपाङ्गता भएका व्यक्तिमैत्री र सेवा ग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइएको छ ।
    ३. सबै स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु विद्यालयहरु र गाँउपालिकका कार्यालयमा इन्टरनेटको पहुाँच पुगेको छ । साथै डिजिटल हाजिरीको व्यवस्था गररएको छ ।
    ४. कार्यपालिका बैठक र अन्य समिमिका बैठकहरुमा वृहत्त छलफल भइ मर्णयहरु सर्वसम्मतिले पारित भएका छन् ।
    ५. गाँउपालिकाको यातायात गुरूयोजना तयार भएको छ । स्वास्थ्य, शिक्षा, न्यायिक समिमि, योजना, जिन्सी र राजस्व शाखालाई पूर्ण रुपमा सफ्टवेयर प्रणालीमा विकास गर्ने तयारी भएको छ ।
    ६. स्थानीय संन्चितकोष व्यवस्थापन प्रणाली क्ग्त्च्ब् को पूणफ प्रयोग भएको छ । लेखा प्रणालीलाई थप व्यवस्थित र पारदशी बनाउन इन्टरनेटबाट भुक्तानी गर्ने प्रणाली भ्ँत् पूर्ण रुपमा लागू भएको छ ।
    ७।. गाँउपालिकाको वेवसाइट र फेसबुक पेज मार्तफ सूचनाहरु तथा जानकारीहरुको नियमित प्रवाह भएको छ ।
    ८. हालसम्म २१ वटा योजनाहरु टेण्डर भइ कार्यान्वयनको अवस्थामा रहेको छ।उपभोक्ता समिति मार्फत १३६ वटा योजनाहरु संचालनमा रहेका छन् । ५५ वटा योजनाहरुको भुक्तानी भएको छ भने ४९ वटा योजनाहरु सम्झौता हुने क्रममा रहेका छन् ।
    ९. १८३ जना कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा स्प्रेयर ट्याङ्की वितरण कार्य सम्पन्न भएको छ ।मौसमी र बेमौसमी उन्नत जातको तरकारीको विउ निशुल्क रुपमा वितरण भइरहेको छ।
    १०. ८५ प्रतिशत अनुदानमा ९ वटा स्थायी संरचनाको पोली हाउस निर्माण भएको छ।१०० जना कृषकहरुलाई प्लास्टिक सिट वितरण भएको छ ।
    ११. नयाँ सुन्तलाजात फलफूल बाली पकेट विकास कार्यक्रम संचालनमा रहेको छ ।
    १२. सबै वडामा १४०० पशुपन्छीका लागि निशुल्क औषधी वितरण कार्य सम्पन्न भएको छ ।१८० वटा पशुहरुको लागि ५० प्रतिशत अनुदानमा पशुबीमा कार्यक्रम निरन्तर चलिरहेको छ ।
    १३. कृहष बिकास तथा पशु सेवा सम्बन्धि अन्य कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेका छन् ।
    १४. गर्भवती र सुत्केरी महिलालाई क्यालसियम चक्की वितरण कार्यक्रम सम्पन्न भएको छ।सरुवा रोग महामारीजन्य रोग सम्बन्धि सचेतना कार्यक्रमहरु सम्पन्न भएका छन ।आधारभूत तथा आकन्स्मिक स्वास्थ्यका लागि सबै स्वास्थ्य संस्थामा आवश्यक औषधिहरु व्यवस्थापन गरिएको छ ।अन्य कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेका छन ।
    १५. सुनकोशी गाँउपालिकाको मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य र सब्य तरिकाले सम्पन्न भएको छ । जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि ५१ जना विद्यार्थी भाइवहिनीहरु छनौट भई सहभागी हुदैछन ।
    १६. ६ वटा विद्यालयहरुमा आर।सि।सि। भवनहरु निर्माण हुदैछन् ।नमूना विद्यालयमा भवन तथा ल्याव व्यवस्थापनको कार्यहरु सुचारु भएको छ ।अन्य शैक्षिक कार्यक्रमहरु कार्यन्वयनको चरणमा छन।
    १७. वडा नं २ र ६ मा १५र१५ दिने बेकरी तालिम र वडा नं ६ मा ७ दिने बाख्रापालन सम्बन्धि तालीम सम्पन्न भएको छ । अन्य सीप विकास र उद्दमशीलता विकास सम्बन्धि तालिमहरु निरन्तर संचालनमा रहेका छन ।
    १८. सामाजिक सुरक्षा भत्ता पूर्ण वैङ्किक रुपमा संचालन भएको छ । असहाय अशक्त अपाङ्ग र जेष्ठ नागरिकलाई घुम्ती प्रणाली मार्फत भत्ता वितरण गर्न वैङ्कहरुसाँग सम्झौमा भएको छ ।
    १९. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडागत योजना छनौट कार्य अगामी बढेको छ।
    २०. ४५ ददने व्युटिसियन तालिम २० जनालाई र सिलाइ कटाइ तालिम १५ जनालाई दिइएको छ । २१० जना जेष्ठ नागरिकलाई सम्मान गरी न्यानो कम्बल वितरण भएको छ । ४५ जना महिला दिदी बहिनीहरुलाई लोक सेवा तयारी कक्षा संचालन भइरहेको छ । महिला बालबामलका अपाङ्गता र जेष्ठ नागरिक सम्बन्धि दिवस र अन्य कार्यक्रम निरन्तर रुपमा चलिरहेको छ ।
    २१. गाँउपालिकामा ५१ लाख ३७ हजार राजस्व संकलन भएको छ।वडागत रुपमा हेर्दा वडा नं ६ को सबैभन्दा बढी ३ लाख ७१ हजार राजस्व संकलन भएको छ भने वडा नं ४ को राजस्व संकलनको रेकर्ड एकिन हुन सकेको छैन।