• असोज २३, सिन्धुली/नेपाली काँग्रेस सिन्धुलीले निर्वाचन आयोग काठमाण्डौंमा नै उमेद्वारी दर्ता गर्ने भएको छ । उमेद्वारी छनौंटमा विवाद भए पछि आइतवार (आज) ११ बजे मात्र उमेद्वार टुङगीएको थियो ।
    उमेद्वार छनौट ढिलाई भएको र सिन्धुली आईपुग्न समय लाग्ने भएकोले निर्वाचन आयोगमा नै उमेद्वारी दर्ता गर्ने तयारी गरिएको नेपाली काँग्रेस सिन्धुली सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । गठबन्धनको संयुक्त उमेद्वारी दर्ताको लागि १ बजे संयुक्त ¥याली सहित निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भए पनि नेपाली काँग्रेसको उमेद्वारी टुङगिन ढिलो भए पछि माओवादी केन्द्रका उमेद्वारहरु मात्र ¥यालि सहित उमेद्वारी दर्ता गर्ने भएको छ ।
    नेपाली काँग्रेसबाट संघीय निर्वाचन क्षेत्र नं. १मा श्याम घिमिरेलाई टिकट दिएको छ भने प्रदेश १(ख)मा शम्भु राउतलाई टिकट दिएको छ । निर्वाचन क्षेत्र नं. २ (क) मा छेत्र बहादुर बम्जनले टिकट पाएको छ ।