• मरिण, (सिन्धुली)/मरिण गाँउपालिकाका कृषकहरुलाई बिभिन्न जातका १४ सय वटा फलफूलका बिरुवाहरु बितरण गरियाे । मरिण गाउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको आयोजनामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत मरिण गाउँपालिकाका कृषकहरुलाई फलफुलका बिरुवा बितारण गरिएको हो ।
    मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’को अध्यक्षातामा भएको कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझि, निमिक्त प्रमुख प्रशासकिय अधिकृत नवराज वराल, सामाजिक शाखा प्रमुख सुदिव के.सी लगाएतको उपस्थितिमा मरिण गाउँपालिकाका वडा नं.१ देखि ७ सम्मका ५६ वटा समूह को जम्मा ९७ जना कृषकहरुलाई बिरुवा बितरण गरिएको हो ।
    कृषकहरुलाई ६१० वटा आँपका विरुवा, ७०० वोट लिचि र १०० कागति का विरुवाहरु वितरण गरिएको छ । फलफुलका विरुवा वितरण गर्दा उक्त विरुवा कसरी लगाउने कति कति दुरीमा लगाउने भन्ने विषयमा कृषि शाखा प्रमुख अर्पण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।
    यस्तै गाउँपालिकाका अध्यक्ष मोक्तानद्वारा १ बोट आँप र १ बोट लिचि गाउपालिकाको कार्यालयमा रोप्नु भयाे ।