-
कोरोना भाइरस (कोभिड–१९) का कारण यतिवेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । साडे तीन लाख भन्दा बढि मानिसले नसोचेको मृत्यु भोगेका छन् भने पचास लाख भन्दा बढि यसबाट संक्रमित भएका छन् । विश्वका ४७ भन्दा बढि राष्ट्रमा कोरोना भाइरसले आक्रमण गरिसकेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । जसको परिणामस्वरुप नेपालमा ७ सय भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा बन्दाबन्दी सुरु भएको दुई महिना बढि भैसकेको छ । यस अवस्थामा देशको अर्थतन्त्र ऋणात्मक हुनु स्वभाविक मान्न सकिन्छ । बन्दाबन्दीको असर सम्पूर्ण क्षेत्रमा परिरहेकोे छ । बंैक तथा वित्तिय संस्थाहरुमा पनि यसको असर नराम्रो संग देखिएको छ । बन्दाबन्दीका समयमा रोजगार गुमाउनुको पिडा त छँदैछ । त्यसमा पनि आफ्नो खातामा भएको रकम समयमा झिक्न नपाउँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । बन्दाबन्दीका बेला बैंक तथा वित्तिय संस्थाहरु खुल्ने र बन्द हुने समयबारे सेवाग्राहीलाई थाहा नहुँदा धेरैमा यस्तो समस्या देखिएको छ । कुन कुन बैंक हप्तामा कति दिन खुल्ने, कुन कुनमा कति समय कारोबार हुने भन्नेबारे सवै सेवाग्राहीलाई थाहा नभएका कारण उनिहरु बैंक आउँदै फर्किँदै गरिरहेका छन् । केन्द्रिय बैंकको नियमानुसार शाखाहरु सन्चालन हुने दिन र समय तय हुने भएकाले सेवाग्राहीलाई यस्ता कुरा अवगत नहुनु स्वभाविक हो ।
तर यस्तो समस्या भोगिरहेका बेला आफ्नो खातामा भएको पैसा सहज रुपमा निकालेर दैनिकी चलाउन नपाउँदा सेवाग्राही आक्रोषित हुनुलाई पनि गलत भन्न सकिदैन । एटिएम भएका बैंकमा खाता खोलेका सवै सेवाग्राहीसंग एटिएम कार्ड हुन्छ भन्ने छैन । र सवै वर्ग एटिएम चलाउन सक्षम छन् भन्ने पनि हुँदैन । यस्ता सेवाग्राहीले चेकबाटै कारोबार गर्नुको विकल्प हुँदैन । त्यसो त यहाँ सन्चालनमा रहेका सवै बैंकहरुमा एटिएम सेवा उपलव्ध छैन । सेवा उपलव्ध भएका सवै बैंकका एटिएम मेसिन आवस्यक परेका बेला सन्चालनमा हुँदैनन् । पछि खुलेका बैैंकको त कुरै छाडौँ, जिल्लाको सवैभन्दा पुरानो भनिने ‘क’ वर्गको जल्दोबल्दो कमर्सियल बैंकमा समेत अहिलेसम्म एटिएम सेवा उपलव्ध छैन । झण्डै आधा दर्जन मेनेजर परिवर्तन भैसक्दा समेत सेवाग्राहीलाई उक्त सेवा दिन नसक्ने विषय पछि सन्चालनमा आएका अन्य बैंकहरुका लागि चिया गफमा कुरा काट्ने विषय बनिरहेको छ ।
त्यसो त बैंकमा खाता खोलाउन कर्मचारीहरुलाई दबाब दिइरहने, हरेक कर्मचारीले यति संख्यामा नयाँ खाता खोलाउनुपर्छ भनेर टार्गेट दिने तर सेवा सुविधा थप गर्ने कुरामा मौन रहने नेतृत्वका कारण पनि कतिपय बैंक तथा बित्तिय संस्थाहरु पछिल्लो समयमा केहि ओलोचित हुँदै गएका छन् । त्यसो त बैंक तथा बित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुको मनोबल बढाउने र प्रोत्साहित गर्ने किसिमको कुनै पनि कार्यक्रम सन्चालन गरेको देखिँदैन । मासिक तलब बाहेक बार्षिक रुपमा उनिहरुले पाउने लाभांश नै उनिहरुको मनोबल हो, प्रोत्साहन हो भन्दा फरक नपर्ला । हप्तामा एकै दिन किन नहोस् यस्तो महामारीको समयमा पनि कार्यालय गएर सेवा प्रवाहमा खटिने बंैक तथा बित्तिय सँस्थाका कर्मचारीहरुप्रति हार्दिक नमन गर्नैपर्छ ।
केन्द्रिय कार्यालयको निर्देशन अनुसार शाखाहरु हप्तामा कति दिन खोलेर सन्चालन गर्ने भन्ने निश्चित हुने भएकाले सम्वन्धित शाखाले कार्यालयमा सूचना टाँस गरे पनि सवैलाई यसबारे थाहा नहुनसक्छ । तसर्थ सम्वन्धित शाखाले यसबारे जानकारी दिन कुनै पनि कसर बाँकी राख्नुहुँदैनथ्यो । तर त्यस्तो भएन । फलस्वरुप सेवाग्राहीले निकै सास्ती झेल्नुपरेको गुनासो आइरह्यो । केहि विकास बैंकहरुले सामाजिक सन्जाल मार्फत समेत जानकारी गराएका छन् । इच्छा शक्ति हुँदाखेरी जानकारी गराउने माध्यमहरु धेरै छन् । कतिपय बित्तिय सँस्थाहरुले कार्यालयमा सूचना टाँस गर्नुका साथै सामाजिक सन्जाल मार्फत पनि जानकारी गराएका छन् । कतिपयले स्थानिय रेडियोमा सूचना प्रसारण समेत गरेका छन् । यो सर्हानिय काम हो । तर कतिपय स्थापित भनिएका बैंक तथा बित्तिय संस्थाहरुले भने कार्यालयमा मात्र सूचना टाँसेर झारो टार्ने काम गरेका छन् । कुनै बैंक हप्तामा १ दिन खुल्ने, कुनै २ दिन र कुनै ३ दिन । तर यसबारे सेवाग्राहीले कसरी थाहा पाउने ? यो अर्थमा सेवा प्रवाहबारे सर्वसाधारणलाई सूचना दिन बैंकहरुले कन्जुस्याँइ गरेकै हुन् ।
समय अझै छ । सेवाग्राही यथावत छन् । तसर्थ अझै पनि आफ्ना सेवाग्राहीलाई आफूले दिने सेवाप्रति कुनै गुनासो गर्ने ठाउँ नदिने हो भने बैंक तथा बित्तिय संस्थाहरुले सोँच बदल्नु आवस्यक छ । रणनीति बदल्नु आवस्यक छ । सेवाग्राहीको मनोभावना अनुरुप सेवा प्रवाहमा समर्पित हुन जरुरी छ । पूरानो, नयाँ, स्थापित र पुँजी धेरै भएको हँुकार छोड्दैमा सवैले राम्रो भन्ठान्छन् भन्ने भ्रम त्यागेर जनताप्रतिको सेवाभावलाई आत्मसाथ गर्नसके मात्र बैंक जनताको साथी बन्न सक्छन् ।
ध्रुवचन्द्र खड्का 0 response बिहिबार, जेष्ठ १५, २०७७
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१
-
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१